एजेन्सी । भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ ।
विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिपल्स पार्टी’ ले शिक्षामन्त्रीविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको हो ।
पार्टीका संस्थापक अभिजीत डिप्के अमेरिकाबाट नयाँदिल्ली आएका छन् । अमेरिकाको बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्केले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आएका छन् ।
उनी यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोडिएका थिए । उनले मे १६ मा व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) स्थापना गरेका हुन् ।