Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने सम्भावना

बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने सम्भावना

शुक्रवार , फाल्गुण १, २०८२

एजेन्सी । बंगलादेशमा बिहीबार सम्पन्न संसदीय चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ ।

२९९ सिटमध्ये बीएनपीले १६५ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको हो। यससँगै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको छ।

दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका रहमानले दुवै सिटमा जित हात पारेका छन्। यसैबीच जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११(दलीय गठबन्धनले हालसम्म ४५ सिट मात्र जितेको छ।

जमात प्रमुख शफिकुर रहमान ढाका–१५ बाट विजयी भएका छन्। अन्य दल तथा स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन्।

समाचार तयार पार्दासम्म २०६ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी सिटको परिणाम आउन बाँकी रहेको जनाइएको छ ।

बंगलादेशमा सन् १९९१ देखि २०२४ सम्म सत्ता सञ्चालन गर्दै आएका तत्कालीन प्रधानमन्त्री शेख हसिना २०२४ अगस्टमा भएको विद्यार्थी विद्रोहपछि देश छाडेर भारत पुगेकी थिइन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077