Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तारिक रहमान बने बंगलादेशको नयाँ प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

तारिक रहमान बने बंगलादेशको नयाँ प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । बंगलादेशमा ऐतिहासिक राजनीतिक परिवर्तनसँगै बंगलादेश नेशनल पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले मंगलबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।

पूर्व प्रधानमन्त्री स्वर्गीय खालिदा जियाका छोरा तारिक रहमान बंगलादेशका ११औं प्रधानमन्त्रीबनेका हुन्।

ढाकास्थित संसद भवनको साउथ प्लाजामा अपराह्न ४ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति मोहम्मद शहाबुद्दीनले तारिक रहमानलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सोही समारोहमा नयाँ मन्त्रिपरिषद्‌का सदस्यहरूले पनि शपथ लिएका छन्।

हालै सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेपछि तारिक रहमानले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनूसको स्थान सम्हाल्दैऔपचारिक रूपमा सत्ता नेतृत्व लिएका हुन्। यससँगै बंगलादेशको राजनीतिक यात्रा नयाँ मोडमा प्रवेश गरेको विश्लेषकहरूको भनाइ छ।

नयाँ प्रधानमन्त्री तारिक रहमानको मन्त्रिपरिषद्‌मा डा. खलीलुर रहमान परराष्ट्रमन्त्री, सलाहुद्दीन अहमद गृहमन्त्री, डा. अमीर खसरू महमूद अर्थ तथा योजनामन्त्रीशमा ओबैद परराष्ट्र राज्यमन्त्री नियुक्त भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077