Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तारिक रहमान बने बाङ्लादेशको प्रधानमन्त्री

तारिक रहमान बने बाङ्लादेशको प्रधानमन्त्री

मंगलवार , फाल्गुण ५, २०८२

एजेन्सी। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले शपथग्रहण गरेका छन्। 

बंगलादेश राष्ट्रवादी पार्टीa (बीएनपी) का अध्यक्ष समेत रहेका रहमानले मंगलबार राष्ट्रपति मोहम्मद सहाबुद्दिनको उपस्थितिमा शपथ ग्रहण गरेका हुन्। 

बीबीसी बंगलाका अनुसार  नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन्।

गत बिहीबार बंगलादेशमा आमचुनाव भएको थियो। चुनावमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो। जमात-ए-इस्लामी गठबन्धनले भने ७७ सिट मात्र प्राप्त गरेको थियो।

यसअघि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले १६ महिना शासन गरेको थियो। सोमबार राति युनुसले आफ्नो बिदाइ भाषणमा पद छोड्ने घोषणा गरेका थिए। 

बंगलादेशको अन्तरिम सरकारले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेको छ। विद्यार्थी आन्दोलनको १६ महिनापछि बाङ्लादेशले मंगलबार जननिर्वाचित सरकार पाएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077