काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
कांग्रेसले पाँचथरका भीष्मराज आङ्देम्बेलाई पहिलो नम्बरमा राख्दै कुल ११० सिटका लागि उम्मेदवारको नाम दर्ता गराएको हो ।
आयोगमा बुझाइएको सूचीलाई कांग्रेसले प्रारम्भिक भन्दै तोकिएको समयसीमाभित्र आवश्यक परिमार्जन गर्ने तयारी रहेको जनाएको छ । पार्टीका अनुसार समावेशी प्रतिनिधित्व र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राख्दै सूची तयार पारिएको हो ।
सूचीको अर्को रोचक पक्ष भनेको चुनाव नै नलड्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका अर्जुनसिंह केसीलाई ५३औँ नम्बरमा राखिनु हो। यसले पार्टीभित्र समानुपातिक सूचीबारे थप छलफल र सम्भावित संशोधनको संकेत गरेको छ ।



