Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेनजी शहीद धिरजका बुबा नारायण श्रेष्ठ कांग्रेसको समानुपातिक सूचीमा

जेनजी शहीद धिरजका बुबा नारायण श्रेष्ठ कांग्रेसको समानुपातिक सूचीमा

मंगलवार , पौष १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो समानुपातिक सूचीमा भदौ २३ र २४ को जेनजी आन्दोलनका शहीदको परिवारलाई समेत समेटेको छ ।

कांग्रेसले जेनजी शहीद धीरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई समेत समानुपातिक सूचीमा राखेको हो ।

भदौ २४ गते बालाजु क्षेत्रमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर धीरजको मृत्यु भएको थियो ।

काठमाडौं निवासी श्रेष्ठ आदीवासी जनजाती क्लस्टरमा राखिएको छ ।

कांग्रेसले समानुपातिक सूचीमा राखेका उनी जेनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077