Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्वले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउँछ: प्रधानमन्त्री कार्की

पर्वले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउँछ: प्रधानमन्त्री कार्की

मंगलवार , पौष १५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होसार र दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सबै नेपालीको जीवनमा सुख र समृद्धिको कामना गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना दिँदै भनेकी छन्- 'यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समृद्धि होस् ।'

उनको शुभकामना सन्देशले पर्वको अवसरमा राष्ट्रिय एकता र समुदायबिच आपसी सद्भाव बढाउने आशा व्यक्त गरिएको छ ।

''

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077