Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिक बन्दसूची बुझाउन आयोगमा पुग्यो एमाले

समानुपातिक बन्दसूची बुझाउन आयोगमा पुग्यो एमाले

सोमवार , पौष १४, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार बन्दसूची बुझाउन नेकपा एमाले निर्वाचन आयोगमा पुगेको छ ।

आज नै बन्दसूची बुझाउने अन्तिम दिन भएकाले एमालेले समयसीमाभित्र सूची दर्ता गराउन पहल गरेको हो ।

एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी, केन्द्रीय सदस्य निरज आचार्य तथा युवासंघका सचिवालय सदस्य वकिल बमसहितको टोली आयोगको कार्यालयमा उपस्थित भएको छ ।

निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार आज साँझसम्म सबै दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसक्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077