Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिकको बन्दसूची आज बुझाउँदै नेकपा

समानुपातिकको बन्दसूची आज बुझाउँदै नेकपा

सोमवार , पौष १४, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची आज बुझाउने तयारी गरेको छ ।

जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाइसकेको छ ।

नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उम्मेदवारलाई यस पटक समेट्ने नेकपाको तयारी छ ।

यसैबीच, वाग्मती प्रदेशको समानुपातिक बन्दसूची संकलन कार्यमा लागेका इन्चार्ज गंगालाल तुलाधरले झण्डै सबै सूची आइसकेकाले सोमबार फर्स्ट आवरमा आयोग पुगेर सूची बुझाउने तयारी रहेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077