Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिकको बन्दसूची पेस गर्ने समयसीमा आज सकिँदै

समानुपातिकको बन्दसूची पेस गर्ने समयसीमा आज सकिँदै

सोमवार , पौष १४, २०८२

काठमाडौं । समानुपातिकतर्फको बन्दसूची पेस गर्न निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमा आज सकिँदैछ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।

केही दलले आइतबार बन्दसूची बुझाए पनि अधिकांश ठूला दल आज आयोग जाँदै छन् । नेपाली कांग्रेसले बन्दसूची तयार पार्न सकेको छैन । समानुपातिकतर्फबाट कसकसलाई उमेदवार बनाउने भन्ने अन्तिम समयसम्म पनि टुंगो लगाउन नसकेको हो ।

कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ नयाँलाई अवसर दिने बताएको छ । गत बुधबारदेखि जारी बैठकमा समानुपातिकतर्फको बन्दसूची तयार पार्ने काम अझै सकिएको छैन ।

कांग्रेससँगै एमाले, नेकपा, रास्वपालगायत राजनीतिक दलले आज बन्दसूची पेस गर्ने तयारी गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077