काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध गरेको छ ।
आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा सम्बन्धित नियमावली र निर्देशिकाअनुसार बन्दसूची पेस गर्न अनुरोध गरेको हो ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते दिउँसो ४ बजेसम्ममा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ ।