काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत गर्दै लागू गरेको छ ।
शनिबार बसेको आयोगको बैठकले आचारसंहिताको मस्यौदालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको हो ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले नयाँ आचारसंहिता जारी गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगको अधिकार प्रयोग गरी लागू गरिएको छ ।
१० परिच्छेद र पाँच अनुसूची समेटिएको आचारसंहिता लागू भएसँगै यसअघि जारी निर्वाचन आचारसंहिता–२०७९ खारेज गरिएको आयोगले जनाएको छ।