Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशभर २३ हजार ११२ मतदान केन्द्र निर्धारण

देशभर २३ हजार ११२ मतदान केन्द्र निर्धारण

शनिवार , पौष १२, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदान केन्द्र निर्धारण गरिएको छ ।

शनिबार निर्वाचन आयोगले मतदानस्थल र केन्द्र निर्धारण गरेको हो । देशभर १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको छ ।

ती स्थलमा कुल २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । आयोग अनुसार २०७९ को तुलनामा यसपटक ७५ वटा मतदान स्थल थपिएका छन् भने मतदान केन्द्रको सङ्ख्या ८८५ ले वृद्धि भएको छ।

मतदाताले आफूलाई पायक पर्ने र नामावलीमा तोकिएको केन्द्रबाट मतदान गर्न पाउनेछन् । शनिबारै आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077