Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

शनिवार , पौष १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनका विषयमा छलफल हुने भएको छ ।

निर्वाचनको ‘सुरक्षा र चुनावी वातावरणप्रति’ प्रमुख दलले आशंका व्यक्त गरेपछि प्रधानमन्त्री कार्कीले आज साँझ ४ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दोस्रो पटक छलफल गर्न लागेकी हुन् ।

अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन तोकिए पनि निर्वाचनप्रति संशय कायमै रहेको बताउँदै ठूला दलहरु चुनावी माहोल बनाउन सभा(सम्मेलन नगरेपछि सरकारको तर्फबाट पनि दल र शीर्ष नेतृत्वसँग संवाद र छलफल अघि बढ्न थालेको हो।

यस अगाडि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता भएको थियो ।

पुस ८ र ९ गते एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा र जनमत लगायत पार्टीका कार्यालय पुगेर स्थलगत अनुगमन गरेका सञ्चारमन्त्री जगदीश खरेलले त्यसलगत्तै प्रमुख दलका शीर्ष नेतालाई निवासै पुगेर निर्वाचनको वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका थिए ।

शुक्रबार पनि उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077