Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाँचबुझ आयोग गठनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

जाँचबुझ आयोग गठनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गठन गरेको जाँचबुझ आयोग गठनविरुद्धको रिट खारेज गरेको छ ।

सरकारले जेनजी आन्दोलनबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगमा कार्की संयोजक तथा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका थिए ।

कार्कीविरुद्ध प्रश्न उठाउँदै उक्त आयोग नै खारेज गर्न माग गर्दै रिट परेको थियो ।

शुक्रबार सर्वोच्चका न्यायाधीशत्रय डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले रिट खारेज गर्न आदेश दिएको हो ।

यस्तै यसमा निर्देशनात्मक आदेश पनि जारी गरेको छ। उक्त आदेशमा सर्वोच्चले आयोगका संयोजक कार्की, सदस्यद्वय शर्मा र भण्डारीलाई पदमुक्त गर्न नपर्ने भन्दै निर्देशन दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077