Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङका उपाध्यक्ष परियार नेकपामा प्रवेश

हर्क साम्पाङका उपाध्यक्ष परियार नेकपामा प्रवेश

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

डा. परियारलाई आज बिहान नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हात्तीवनस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् ।

यसअघि बुटवलमा ५ पुसमा भएको एक कार्यक्रममा आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले परियारमाथि कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

त्यसको केही दिनमै परियारले पुरानो पार्टी छाड्दै नेकपामा प्रवेश गरेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077