Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा भन्छन् - महाधिवेशन नगरी कांग्रेस चुनावमा जाँदैन

गगन थापा भन्छन् - महाधिवेशन नगरी कांग्रेस चुनावमा जाँदैन

बुधवार , पौष ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशन नगरी पार्टी चुनावमा नजाने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा जारी कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशन आलटाल गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका हुन्।

थापाले भने, 'महाधिवेशन आलटाल गर्ने विषयमा हामी मन्जुर छैनौं। महाधिवेशनका लागि चाहिने काम नगर्ने अनि छलछाम गरेर टार्ने प्रयास स्वीकार्य हुँदैन। महाधिवेशन नगरिकन र नेतृत्व चयन नगरी कांग्रेस चुनावमा जाँदैन।'

उनले महाधिवेशन नगर्ने प्रयास गरिए आफूहरूसँग वैकल्पिक बाटो पनि रहेको दाबी गरे। 'वैकल्पिक बाटोहरू छन्, तर म अहिले नै त्यो बाटोमा जान चाहन्न,' भन्दै उनले पार्टीभित्रैबाट समाधान खोज्न चाहेको संकेत गरे।

महामन्त्री थापाले सभापति शेरबहादुर देउवालाई महाधिवेशन सम्पन्न गराउन अग्रसर भूमिका खेल्न आग्रह पनि गरे। 'पार्टीको सर्वोत्तम हित गर्ने जिम्मेवारी सभापतिको हो। अधिवेशन गराउने विषयमा उहाँले नेतृत्व लिनुपर्छ,' उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077