Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

मंगलवार , पौष ८, २०८२

काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले सातवटै प्रदेशका लागि जिल्ला अदालतका न्यायाधीशहरूलाई यही पुस १५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत तोकेको हो ।

आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ गतेदेखि सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम सुरु गर्नेछन् ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोसी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंलाई विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा खटाइएको छ ।

त्यस्तै मधेस प्रदेशमा धनुषा जिल्ला अदालतका शुभाषबाबु पुरी, बागमतीमा मकवानपुर जिल्ला अदालतका गीता श्रेष्ठ, गण्डकीमा कास्की जिल्ला अदालतका हिमलाल वेल्वासे, लुम्बिनीमा दाङ जिल्ला अदालतका प्रकाशप्रसाद पण्डित, कर्णालीमा सुर्खेतका दीपक ढकाल र सुदूरपश्चिमका लागि कैलाली जिल्ला अदालतका भुवनसिंह थापा निर्वचन अधिकृतमा नियुक्त भएका छन् ।

election-1766504761.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077