Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, उच्च पदको लाभ लिन नक्कली सर्टिफिकेट पेश

एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, उच्च पदको लाभ लिन नक्कली सर्टिफिकेट पेश

मंगलवार , पौष ८, २०८२

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

गिरी १६ पुस २०५२ मा प्रहरी सेवामा भर्ना भएका थिए।  जागिर सुरु गर्दा बिहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट सन् १९८८ मा एलएलसीको योग्यता हासिल गरेको प्रमाणपत्र पेस गरेका थिए।

बिहारबाट उनले रोल नम्बर ७१८ को प्रमाणपत्र उल्लेख भएको कागजात पेस गरेका थिए। अख्तियारले बिहार बोर्डलाई पत्राचार गर्दा अभिलेखमा क्रमांक ५७६ सम्म मात्रै छापिएको पाइएको छ।

बिहारबाट ल्याएको उक्त प्रमाण पत्र पेस गरी गिरी प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी उपरीक्षक हुँदै प्रहरी वरिष्ठ उपरीक्षक भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी पदको लाभग्राही भएकाले उक्त कसुर भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आकर्षिक हुने भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077