Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरोकार केन्द्रद्वारा आइजीपी कार्कीलाई सुझाव पत्र पेश

सरोकार केन्द्रद्वारा आइजीपी कार्कीलाई सुझाव पत्र पेश

मंगलवार , पौष ८, २०८२

काठमाडौं । सरोकार केन्द्रले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई विभिन्न सार्वजनिक र प्रशासनिक विषय समेटेर ध्यानाकर्षकसहित सुझाव पत्र पेश गरेको छ।

सरोकार केन्द्रले सुझाव पत्रमा विशेषगरी बैदेशिक रोजगार र मानव तस्करी नियन्त्रणमा सुधारका उपायहरू प्रस्तुत गरेको कार्यक्रमका प्रमुख संयोजक एवं सरोकार केन्द्रका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोविन्द पन्थीले बताए ।

सुझाव पत्रमा बैदेशिक रोजगारको पारदर्शिता र सुरक्षित माध्यम सुनिश्चित गर्ने उपाय, मानव तस्करी र ओसारपसार रोकथामका लागि समन्वय र निगरानी बलियो बनाउने रणनीति, सामाजिक जागरूकता अभिवृद्धि गर्ने कार्यक्रमलगायएत छन् ।

सरोकार केन्द्रले स्थापना कालदेखि वैदेशिक रोजगारमा अलपत्र परेका नागरिकको उद्धार, सामाजिक सचेतना अभिवृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारमूलक सीप र नागरिक हकहितका लागि निरन्तर पहल गर्दै आएको छ। यस क्रममा २५ भन्दा बढी सामुदायिक विद्यालयमा जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिएको छ भने मानव तस्करी र वैदेशिक रोजगारको क्रममा अलपत्र परेका ४९ जनालाई उद्दार र ५५ जनालाई निशुल्क कानूनी सेवा उपलब्ध गराइएको छ।

आइजीपी कार्कीले पत्रलाई स्वागत गर्दै, नेपाल प्रहरीको नेतृत्वमा सुरक्षा व्यवस्थापन, कानूनी कार्यान्वयन र जनसहभागिता प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको पन्थीले बताए ।

सरोकार केन्द्रको उद्देश्य लोकतान्त्रिक मूल्य, स्थायित्व र सुशासनमा टेवा पुर्‍याउनु हो। मानव बेचबिखन, वैदेशिक रोजगार ठगी, साइबर अपराध, लागूऔषध दुर्व्यसन, पर्यावरण संरक्षण, शिक्षा, स्वास्थ्य र रोजगारमूलक सीपका क्षेत्रमा सरकार र नागरिकबीच सेतुको भूमिका निर्वाह गर्नु यस संस्थाको मुख्य लक्ष्य हो।

विद्युतीय तथा साइबर अपराध, अनलाइन ठगी, डिजिटल शोषण, सफ्टवेयर चोरी र बालबालिकामाथि हुने यौनजन्य अपराध रोकथामका लागि सरोकार केन्द्रले निरन्तर सामाजिक सचेतना र कानूनी ज्ञान अभिवृद्धिमा काम गर्दै आएको छ।

सरोकार केन्द्र वैदेशिक रोजगारी ठगी, मानव बेचबिखन तथा ओसारपसार, मानव तस्करी, सामाजिक संजालको दुरुपयोग, लागूऔषध दुर्ब्यसनी न्यूनीकरणमा भुमिका खेल्ने उद्देश्यका साथ स्थापना गरिएको गैर नाफामुलक संस्था हो।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077