Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलायो

जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलायो

मंगलवार , पौष ८, २०८२

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवम कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि शुक्रबार उपस्थित हुन पत्र पठाएको हो ।

आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन तयारीमा लागेको छ ।

लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आयोगले बयानका लागि झिकाउन पत्र काट्ने तयारी गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077