Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माइतीघरमा आज पनि सरकारविरुद्ध नाराबाजी गर्दै जेनजी

माइतीघरमा आज पनि सरकारविरुद्ध नाराबाजी गर्दै जेनजी

मंगलवार , पौष ८, २०८२

काठमाडौं । जेनजी विद्रोहका मागहरू पुरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलवार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्।

सरकार जेनजी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन्।

प्रदर्शनकारीहरूले ‘जेनजीको माग हरायो, निर्वाचन भनी करायो’, ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेनजीको माग चुनाव होइन सुशासन हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

जेनजीहरुले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेनजी विद्रोहमाथि भएको दमनमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै वर्तमान सरकारको निरन्तर विरोध गर्दै आएका छन् ।

सोमबार पनि यिनै विषयलाई लिएर जेनजीहरु प्रदर्शनमा उत्रिएका थिए ।

तर, प्रशासनले अनुमति नदिएको भन्दै प्रहरीले केहि जेनजीहरूलाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077