Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछाने दोस्रोपटक बीपीएल खेल्न बंगलादेश प्रस्थान

सन्दीप लामिछाने दोस्रोपटक बीपीएल खेल्न बंगलादेश प्रस्थान

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने दोस्रोपटक बंगलादेशको फ्रेन्चाइज लिग बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न सोमबार बंगलादेश प्रस्थान गरेका छन् ।

यसअघि सन्दीपले सन् २०१८ मा सिल्हेट स्ट्राइकर्सबाट बीपीएल खेलेका थिए । यस वर्ष भने बीपीएलकै अर्को टोली राजशाही वारियर्सले उनलाई अनुबन्ध गरेको हो ।

राजशाहीले गत मंसिर २८ गते सन्दीपलाई अनुबन्ध गरेको जानकारी दिएको थियो ।

बीपीएलको पछिल्लो संस्करणमा राजशाही पाँचौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077