Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कान्तिपुरलाई चेतावनी दिँदै सन्दिपले सोधे - किन हावामा समाचार हालेको ?

कान्तिपुरलाई चेतावनी दिँदै सन्दिपले सोधे - किन हावामा समाचार हालेको ?

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले आफूलाई लिएर भइरहेका समाचारप्रति आक्रोश व्यक्त गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले विशेषगरी कान्तिपुर टेलिभिजनलाई लक्षित गर्दै “हावामा समाचार हाल्ने प्रवृत्ति” बन्द गर्न चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, 'कहिले सुध्रिन्छौ यार, Kantipur TV HD? अहिलेसम्म पनि यही कुरा मात्र ठूलो विषय ठानिरहनुभएको छ ? यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन ? त्यस्तो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्।'

उनले प्रसारणमा आएको लोगोबारे पनि प्रस्ट पार्दै भनेका छन्, “Naasa Securities” लगाएर खेल्दिन भनिएको भए, अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त ? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ।”

त्यसैगरी क्रिकेट संघ (क्यान) सम्बन्धी विषयलाई व्यक्तिगत समस्या भन्दै लामिछानेले त्यसको समाधान आफैंले गर्ने उल्लेख गरेका छन् ।

'तर त्यसलाई लिएर किन त्यति चासो देखाएर हावामा समाचार हालिन्छ ?' भन्ने प्रश्न उनले उठाएका छन्।

उनले थपे, 'समय अझै छ—बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस्। तपाईंहरूलाई म अझै पनि नेपालको एक अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्छु। तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077