काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कसैप्रति घृणा नफैलाउन आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले कसैप्रति घृणा वा नकारात्मकता नफैलाउन आग्रह गरेका हुन् ।
यसअघि लामिछानेले एक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका थिए।
उक्त भिडियोले आफ्नो चरित्र हत्या भएको भन्दै यसमा कानुनी उपचार खोज्ने बताएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबईमा रहेका लामिछानेले आफ्नो वकिलले सबै कुरा हेरिरहेको जानकारी दिँदै नेपाल फर्किएपछि यस विषयमा विस्तृतरूपमा सम्बोधन गर्ने उल्लेख गरे ।