Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिकेटर सन्दीप लामिछानेबारे ‘गलत समाचार’ प्रकाशित गरेपछि कान्तिपुरले माग्यो माफी, समाचार हटाइयो 

क्रिकेटर सन्दीप लामिछानेबारे ‘गलत समाचार’ प्रकाशित गरेपछि कान्तिपुरले माग्यो माफी, समाचार हटाइयो 

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेको बारेमा प्रकाशित गलतुसमाचारलाई लिएर कान्तिपुर टेलिभिजनले क्षमा याचना गर्दै आफ्नो वेबसाइटबाट हटाएको छ ।

आइतबार कान्तिपुर टिभीको वेबसाइटमा 'वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन ?' शीर्षकमा एउटा समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारमा लामिछानेले युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० आई खेल नखेल्नुको कारण नेपाल क्रिकेट संघ (क्यान) सँगको विवाद रहेको दाबी गरिएको थियो । समाचारमा स्रोतलाई उद्धृत गर्दै सन्दीपले राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा सेक्युरिटिजको नाम र लोगो अंकित जर्सी लगाउन अस्वीकार गरेको र छुट्टै सम्झौताको माग गरेकाले नखेलेको उल्लेख थियो ।

कान्तिपुरले यस्तो समाचार लेखेपछि आइतबार नै सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत खण्डन गरेका थिए । उनले कान्तिपुर टिभीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै समाचारको प्रमाण पेश गर्न चुनौती दिएका थिए । उनले नासा सेक्युरिटिजको लोगो अष्ट्रेलिया सिरिज र अन्य खेलहरूमा पनि लगाएको उल्लेख गर्दै क्यानसँगको विषय व्यक्तिगत भए पनि त्यसलाई लिएर ‘हावामा समाचार’ लेखिएकोमा आपत्ति जनाएका थिए ।

सन्दीपको खण्डन र क्रिकेट समर्थकहरूको चर्को आलोचनापछि कान्तिपुर टेलिभिजनले आज आफ्नो वेबसाइटमा समाचारप्रति क्षमायाचना गरेको छ ।

'वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन' शीर्षकमा आइतबार कान्तिपुर टिभीको वेबसाइटमा प्रकाशित समाचारको स्वतन्त्र पुष्टि हुन नसकेकोमा हामी क्षमाप्रार्थी छौं। आधिकारिक स्रोतहरुबाट प्राप्त जानकारीले समाचारमा उल्लेखित विषय पुष्टि हुन नसकेको हो। हामीले लेखेको समाचारबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं। साथै आगामी दिनमा थप सजगता अपनाउँदै तथ्यपरक समाचार लेख्ने प्रतिबद्धता जाहेर गर्दछौँ।'

तर, कान्तिपुरका प्रवन्ध निर्देशक सिरोहिया यो क्षमायाचनाबाट मात्रै सन्तुष्ट देखिएनन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफ्नो न्यूजरुमको नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका छन् । यो समाचारका विषयमा आफूले व्यक्तिगत स्तरबाट छानबिन गरिरहेको समेत उनको भनाइ छ ।

कान्तिपुरले लेखेको समाचारबाट पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी रहेको र आगामी दिनमा थप सजगता अपनाउँदै तथ्यपरक समाचार लेख्ने प्रतिबद्धता जाहेर गरेको छ ।

हाल उक्त समाचारको लिंकमा क्लिक गर्दा 404 Page Not Found'  सन्देश देखा पर्छ । यसले समाचार हटाइएको पुष्टि गर्छ । सन्दीपले सामाजिक सञ्जालमार्फत गरेको खण्डनको आधारमा कान्तिपरले 'नासा सेक्युरिटिजका कारण युनिटी कपको पहिलो खेल गुमाएको हैन' शीर्षकको समाचार पनि हटाएको छ ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077