काठमाडौं । नेपालका लेगस्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीबीएल) खेल्ने भएका छन् ।
बीपीएलको टोली राजशाही वारियर्सले आउँदो संस्करणका लागि सन्दीपलाई अनुबन्ध गरेको हो ।
यो टोलीमा भर्खरै सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) खेलको न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् ।
यसअघि सन्दीपले सन् २०१८/१९ को सिजनमा सिलेट सिक्सर्सबाट बीपीएल खेल्दा ६ खेलमा ४ विकेट लिएका थिए ।