Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज प्रधानमन्त्रीसहित दल र सुरक्षा प्रमुखसँग छलफल गर्दै निर्वाचन आयोग

आज प्रधानमन्त्रीसहित दल र सुरक्षा प्रमुखसँग छलफल गर्दै निर्वाचन आयोग

सोमवार , पौष ७, २०८२

काठमाडौं । निर्वाचन आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारीका विषयमा छलफल गर्दैछ ।

दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुने तय भएको छलफलमा निर्वाचन आयुक्तहरू, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचनसँग सरोकार राख्ने नागरिक समाजका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।

स्रोतका अनुसार बैठकमा निर्वाचनको पछिल्लो तयारी, हालसम्मका उपलब्धि तथा बाँकी चुनौतीबारे विस्तृत छलफल हुनेछ ।

आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउन आयोगले दलहरूको धारणा बुझ्ने र सुझाव लिने उद्देश्यले यो छलफल आयोजना गर्न लागेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077