Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यालयको बेथिति अन्त्य गर्न अभिभावक नै आन्दोलनमा उत्रनुपर्छ, मन्त्रालयको निर्देशनले मात्रै पुग्दैन : शिक्षामन्त्री पुन

विद्यालयको बेथिति अन्त्य गर्न अभिभावक नै आन्दोलनमा उत्रनुपर्छ, मन्त्रालयको निर्देशनले मात्रै पुग्दैन : शिक्षामन्त्री पुन

आइतवार , पौष ६, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षामा देखिएको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै अग्रसर हुनुपर्ने बताएका छन् ।

मन्त्रालयबाट मात्र निर्देशन जारी गरेर स्थानीय तहका विद्यालयमा सुधार सम्भव नहुने भन्दै उनले अभिभावकको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा राखेका हुन् ।

सामाजिक सञ्जालमा मन्त्री पुनले लेखेका छन्, ‘जबसम्म स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन गर्दैनन् र कडा चेतावनी दिंदैनन्, तबसम्म सुधार हुन गाह्रो छ।’ उनका अनुसार विद्यालय सुधारका लागि अभिभावकको सामूहिक दबाब नै सबैभन्दा प्रभावकारी उपाय हो।

उनले संविधानले दिएको अधिकार प्रयोग गर्न अभिभावकहरूलाई आग्रह गर्दै विद्यालयको अवस्था सुधारका लागि आवाज उठाउने पूर्ण अधिकार नेपाली संविधानले नै सुनिश्चित गरेको बताए। शिक्षा क्षेत्रको सुधारमा अभिभावकको भूमिका केवल सरोकारवालाको मात्र नभई परिवर्तनका संवाहकको रूपमा रहेको उनको भनाइ छ।

मन्त्री पुनले काठमाडौंबाट जारी हुने निर्देशनले मात्र स्थानीय विद्यालयको गुणस्तर उकास्न नसक्ने स्पष्ट पार्दै, ‘बालबालिकाको भविष्य सुधार्न अभिभावक आफैं लाग्नुपर्छ,’ भनेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077