Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशमा सभामुखका लागि उम्मेदवारको नाम टुङ्गो लाग्यो

मधेस प्रदेशमा सभामुखका लागि उम्मेदवारको नाम टुङ्गो लाग्यो

शनिवार , पौष ५, २०८२

जनकपुरधाम। मधेस प्रदेशको सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवको नाम टुङ्गो लगाइएको छ।

सात राजनीतिक दलको आज बसेको बैठकले उनको नामको टुङ्गो लगाएको हो ।

मधेस प्रदेशमा आज सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय रहेको छ। मधेस प्रदेश सभा सचिवालयले ३ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने समय कार्यतालिका सार्वजनिक गरेको छ।

समय कार्यतालिका सार्वजनिक गरेपछि दलहरूको बसेको बैठकले यादवको नाउँमा टुङ्गो लगाएको हो। आज दिउसो करिब १ बजे उनले उम्मेदवारी दर्ता गराउनेछन्।

मधेस प्रदेश सभाका सभामुख रहेका रामचन्द्र मण्डललाई पदआश्रम नगरेको भन्दै सभामुख पदबाट हटाइएपछि रिक्त रहेको सभामुखको लागि भोलि निर्वाचन हुँदैछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077