Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मत लिने

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गर्दै प्रदेश सभालाई पत्र पठाएको छ ।

मुख्यमन्त्री सिंहले लेखेको पत्रमा भनिएको छ- 'नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु ।'

मधेस प्रदेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेस र नेकपा (एमालेले) फिर्ता लिएसँगै अहिले प्रदेश सरकार अल्पमतमा छन् ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरिसकेको छ । मुख्यमन्त्री सिंहले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

556972039_836101452324362_2628439920141808782_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077