काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत सुरक्षा योजना, २०८२ अन्तर्गत नेपाल प्रहरीले एआईजीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल स्थापना गरेको छ ।
कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरिएको हो ।
यसैगरी, एसएसपीको कमान्डमा आठवटै प्रदेशका लागि प्रदेश निर्वाचन सेल पनि प्रहरी प्रधान कार्यालयमार्फत स्थापना गरिएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित नेपाल प्रहरीले बहुपक्षीय सुरक्षा रणनीति लागू गरेको जनाएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक चतुर्बेदीका अनुसार आसन्न निर्वाचनलाई लक्षित गरी सुरक्षा योजना निर्माण, जनशक्ति परिचालन र निगरानी प्रणालीलाई सुदृढ बनाइएको छ।
एकीकृत सुरक्षा योजना, २०८२ बमोजिम उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूमा प्रहरी वरिष्ठ उपरीक्षकरप्रहरी उपरीक्षकको कमान्डमा र जिल्ला प्रहरी कार्यालयहरूमा प्रहरी नायब उपरीक्षक/प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरी प्रारम्भिक चरणका कार्यहरू सुरु गरिएको छ ।