Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

आज बसेको सात दलीय गठबन्धनको बैठकले जनमतबाहेक तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी एक-एक जना मन्त्री नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेता अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ ।

गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मङ्सिर २१ गते प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएका थिए । प्रारम्भमा तीन दलबाट तीनजना मन्त्री नियुक्त गरिएको थियो ।

जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री बनेका थिए । कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त भएका थिए । सात दलीय गठबन्धनमा भागबण्डा मिलाउन नसकिँदा दुईजना मन्त्री अहिलेसम्म बिना विभागीय रहेका छन् ।

मुख्यमन्त्री यादवले आज दुवै बिना विभागीय मन्त्रीसहित अन्य दलबाट पनि प्रतिनिधित्व सुनिश्चित गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077