Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

आइतवार , मंसिर २१, २०८२

जनकपुरधाम । नवगठित मधेश प्रदेश सरकारले यसअघिका संविधानको धारा १०३ बमोजिम गठित नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ ।

आइतबार बसेको मधेश सरकारको मन्त्रिपरिष्द् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्रीमा रहेका सरोज यादवले सर्वोच्च अदालतको परमादेशपछि पनि विभिन्न नियुक्ति र कर्मचारी सरुवाका निर्णय गरेका थिए ।

तिनै निर्णयहरू बदर गरिएका हुन् ।

यस्तै सरकारले प्रदेश सचिव जयकुमार घिमिरेलाई निमित्त प्रमुख सचिवको जिम्मेवारी दिएको छ । क्यान्सर, मिर्गौला, मुटुजस्ता गम्भीर रोगका बिरामीलाई दिइँदो आर्थिक सहायता निरन्तरता दिने निर्णय गरिएको छ ।

यसबाहेक शीतलहर, बाढी, डुबान, आगलागी जस्ता सम्भावित जोखिमलाई ध्यानमा राखी विपद् पूर्वतयारी, खोज–उद्धार, राहत र पुनःस्थापना कार्यलाई अघि बढाउने निर्णय पनि गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077