Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो बन्यो कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्, घिसिङ र सिन्हालाई तीन मन्त्रालयको जिम्मा

यस्तो बन्यो कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्, घिसिङ र सिन्हालाई तीन मन्त्रालयको जिम्मा

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । आज चार मन्त्री थपिएसँगै सुशीला कार्की नेतृत्वको अन्नरिम सरकार १४ सदस्यीय बनेको छ।

राष्ट्रपति भवनमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुरमा इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मन्त्रिपरिषद्का चार जनाले एकभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। प्रधानमन्त्री कार्कीसँग परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको थप जिम्मेवारी छ।
त्यसैगरी अर्थमन्त्री रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।

कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077