Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फोहर व्यवस्थापन केन्द्रमा आगलागी, ६७ लाखको क्षति

फोहर व्यवस्थापन केन्द्रमा आगलागी, ६७ लाखको क्षति

शुक्रवार , मंसिर २६, २०८२

दाङ। दाङमा फोहर व्यवस्थापन केन्द्रमा आगलागीका हुँदा ६७ लाख मूल्य बराबरकोे क्षति भएको छ ।

जिल्लाको राप्ती गाउँपालिका-२ पुन्यपुर रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख मूल्य बराबरकोे क्षति भएको हो ।

आज बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा रु ६७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइएको घरसमेत जलेको छ । यसअघि राप्ती गाउँपालिकाले यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो ।

गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर र स्थानियको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो ।

आगलागीको कारण पहिचान हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077