Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी–सरकार १० बुँदे सम्झौताप्रति मिराज ढुंगानाको असन्तुष्टि, भने - सहमति स्वीकार्य हुँदैन

जेनजी–सरकार १० बुँदे सम्झौताप्रति मिराज ढुंगानाको असन्तुष्टि, भने - सहमति स्वीकार्य हुँदैन

बिहिवार , मंसिर २५, २०८२

काठमाडौँ । सरकार र जेनजी समूहबीच भएको १० बुँदे सम्झौताप्रति जेनजी अभियानका अभियन्ता मिराज ढुङ्गानाले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सम्झौताले आन्दोलनका मूल मुद्दा, भावना र निर्णायक निष्कर्ष समेट्न नसकेको आरोप लगाउँदै यो जनआन्दोलनको आत्मालाई कमजोर बनाउने समझदारी भएको टिप्पणी गरेका हुन् ।

बुधबार जारी विज्ञप्तिमा ढुङ्गानाले राजनीतिक सहमतिले व्यापक जनआवाजलाई बेवास्ता गरेको र केही सीमित स्वार्थ समूहको दबाबमा सम्झौता गरिएको दाबी गरे । उनका अनुसार यस्तो अपारदर्शी प्रक्रिया भविष्यमा अझ गम्भीर राजनीतिक अविश्वास र अस्थिरताको कारण बन्न सक्छ।

“जनताको बलिदान, भावना र परिवर्तनको चाहनालाई नजरअन्दाज गर्ने कुनै पनि सहमति स्वीकार्य हुँदैन,” विज्ञप्तिमा उल्लेख छ।

ढुङ्गानाले सम्झौता पुनर्विचार गरी जनआन्दोलनले उठाएका आधारभूत एजेण्डाहरूलाई स्पष्ट प्रतिनिधित्व गर्न सरकारलाई आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077