Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको गोवाबाट ५ नेपालीको शव ल्याउने तयारी

भारतको गोवाबाट ५ नेपालीको शव ल्याउने तयारी

बिहिवार , मंसिर २५, २०८२

काठमाडौँ । भारतको गोवास्थित एक नाइट क्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ ।

नाइट क्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो। अन्य ६ जनाभन्दा बढी घाइते भएका थिए ।

गोवा प्रहरीका अनुसार घटनामा नेपाली नागरिकमा दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल, झापाका सबिन विश्वकर्मा र सुदीप गुरुङ डडेलधुराका मनोज जोराको मृत्यु भएको थियो।

दिल्लीस्थित नेपाली दूतावास तथा त्यहाँ काम गर्न बसेका अन्य स्थानीय नेपालीको समन्वयमा नेपाली नागरिकहरूको शव नेपाल ल्याउने तयारी भइरहेको छ। यसका लागि दूतावासले आवश्यक कागजपत्र बनाउने प्रक्रिया सकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077