Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार र जेनजीबीचको सम्झौता इतिहासको एउटा कोसेढुंगा हो : प्रधानमन्त्री कार्की

सरकार र जेनजीबीचको सम्झौता इतिहासको एउटा कोसेढुंगा हो : प्रधानमन्त्री कार्की

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा सरकार र जेनजीबीच भएको सम्झौतालाई 'इतिहासको कोसेढुंगा' भनेकी छन् ।

उनले सम्झौताले भविष्यमा परिवर्तन र सामाजिक न्यायको मार्गनिर्देशन गर्ने उल्लेख गर्दै यसको महत्वलाई जोड दिइन् ।

प्रधानमन्त्री कार्कीले नेपालमा जेनजी आन्दोलनको योगदानलाई उच्च मूल्याङ्कन गर्दै यस आन्दोलनको प्रेरणाबाट अन्य मुलुकहरूमा समेत समान विचारका आन्दोलन सुरु भएको बताइन् ।

कार्यक्रममा उनले यो दस्तावेज निर्माणको उद्देश्य पनि स्पष्ट पारिन् । उनका अनुसार, दस्तावेजले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने सहिद, घाइते योद्धा तथा सम्पूर्ण जेनजी युवाको योगदानलाई इतिहासमा अभिलिखित राख्ने काम गर्नेछ ।

साथै, प्रधानमन्त्री कार्कीले हस्ताक्षर प्रक्रिया केही ढिलाइ भएको भए पनि त्यसले दस्तावेजको स्वीकार्यतालाई प्रभावित नगर्ने बताइन्। उनले भने, 'यो दस्तावेज हाम्रो साझा इतिहासको अभिलेख हो, जसले देशभरका युवाहरूको संघर्षलाई सम्मान दिनेछ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077