Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युवाले नेतृत्व सम्हाल्न पाए देशले फड्को मार्छ : प्रधानमन्त्री कार्की

युवाले नेतृत्व सम्हाल्न पाए देशले फड्को मार्छ : प्रधानमन्त्री कार्की

बुधवार , मंसिर २४, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशको समृद्धिको प्रमुख आधार युवाशक्ति भएको भन्दै युवाहरू नेतृत्वको मूलधारमा प्रवेश गर्नासाथ विकासले लामो समय कुर्न नपर्ने धारणा व्यक्त गरेकी छन् ।

बुधबार काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री कार्कीले राष्ट्रले युवाप्रति उच्च अपेक्षा राखेको बताइन् ।

उनले भनिन्,'युवाहरू नेतृत्व सम्हाल्ने ठाउँमा पुगे देशले तीव्र गतिमा फड्को मार्न धेरै समय लाग्दैन। राष्ट्रको भविष्य युवाका हातमै छ।'

काठमाडौँ विश्वविद्यालयकी कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले गुणस्तरीय उच्च शिक्षा र सीपमूलक अवसर मुलुकमै सिर्जना गर्ने राष्ट्रिय आकांक्षा पूरा गर्न सबै निकाय गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077