काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
राति पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो।
आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।