काठमाडौं । सरकारले सहसचिव राजेन्द्र पौडेललाई सचिवमा बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदमा पौडेललाई बढुवा गरेको हो ।
पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धानको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।
लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा पौडेलको नाम दोस्रोमा कोमल भट्टराई र तेस्रो नम्बरमा इन्दु घिमिरेको नाम सिफारिस गरेको थियो ।