Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङ दुर्घटना : २ जनाको मृत्यु, ७० घाइते

धादिङ दुर्घटना : २ जनाको मृत्यु, ७० घाइते

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–६ को चालिसेमा सातवटा सवारी साधन एकै ठाउँमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार साँझ चालिसेमा ७ वटा सवारी साधन एकै ठाउँमा ठोकिँदा ७० जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृतकमध्ये एकजना दुर्घटनामा परेको मोटरसाइकल चालक धादिडङको थाक्रे गाउँपालिका ६ मादिवेसी बस्ने ५९ शेख अली एस छन् ।

अर्का करिब ३५ वर्षीय मृतक युवकको अझै पहिचान खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएकामध्ये सामान्य अवस्थाका ५१ जना उपचारपछि डिस्चार्ज भएका छन्।

बाँकी १७ जना घाइतेको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्रमाका १७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका धेरै घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077