Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीलाई प्रधानमन्त्री कार्कीको निर्देशन - बर्दिया घटनाबारे अध्ययन गर्नू

गृहमन्त्रीलाई प्रधानमन्त्री कार्कीको निर्देशन - बर्दिया घटनाबारे अध्ययन गर्नू

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री कार्कीले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका जानकारी गराएकी हुन् ।

प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उनका ६१ वर्षीय बाबुले समेत ज्यान गुमाएको घटनाले मर्माहित बनाएको जनाएकी छन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, 'उहाँहरूको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो, न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु । यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छु ।'

नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद् र हिंसा सह्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले न्यायको मार्गमा सबै पक्षले सहजीकरण गर्न अपिलसमेत गरिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077