Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ११ जना घाइते

सप्तरीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ११ जना घाइते

शुक्रवार , मंसिर १९, २०८२

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

नगरपालिकाको वडा नम्बर २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गमा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा बसमा सवार ५० वर्षीय पुरुष यात्रुको मृत्यु भएको हो ।

मृतकको नाम ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार ५५ जना यात्रु सवार थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077