Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालमा बंगालको खाडी र तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव

नेपालमा बंगालको खाडी र तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । हाल कोसी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसकारण देशका केही भूभागमा आज आंशिक बदली रहनेछ भने बाँकी भूभागमा भने मौसम सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेट ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।

काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो। आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबिच रहने छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077