Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू,  तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्दै

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू,  तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्दै

सोमवार , मंसिर १५, २०८२

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ ।

माओवादी केन्द्र, नेकपा एससहित दर्जनभन्दा बढी वाम घटकहरू मिलेर गठन भएको नेकपाले देशव्यापी एकताको सन्देश दिन अभियान सञ्चालन गरिरहेको छ ।

सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडा लगायतका शीर्ष नेताहरू उपस्थित छन् ।

सभामा तीन जना पूर्वप्रधानमन्त्रीहरु दाहाल, नेपाल र खनालसहितका नेकपाका नेताहरुले संयुक्त रुपमा सम्वोधन गर्नेछन् ।

राजनीतिक रूपमा संवेदनशील मानिएको विराटनगरमा यी शीर्ष नेताहरूले साझा मञ्चबाट देशको वर्तमान अवस्था, राष्ट्रियता, सुशासन र भ्रष्टाचारविरुद्ध सम्बोधन गर्ने जनाइएको छ।

एकता अभियानलाई जनस्तरमा सुदृढ बनाउने उद्देश्यले आयोजित सभामा सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लाबाट सयौँ नेता तथा कार्यकर्ताहरू विराटनगर आइपुगेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077