काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।
मंसिर ७ गते घोषित प्रगतिशील लोकतान्त्रिक पार्टीको आज सोमबार केन्द्रीय कमिटी घोषणा गरिएको हो ।
केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहेका छन् ।
बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको हो । सो पार्टीको संरक्षकसमेत रहेका पूर्वमन्त्री जनार्दन शर्माको नाम केन्द्रीय कमिटी सदस्यमा पनि राखिएको छ ।
केन्द्रीय कमिटी सदस्यमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भने नाम छैन । उनी संरक्षकको भूमिकामा रहने बताइएको छ ।
केन्द्रीय कमिटीमा डा. अच्युत भट्ट, अनिलकुमार शर्मा, अमित खनाल, ओम शर्मा, जटिल कार्की, राजकुमार शर्मा, रजमान तामाङ, जन्मदेव जैसी, मानुषी यमि भट्टराईलगायत रहेका छन् ।
१५१ जना केन्द्रीय सदस्य रहेको प्रलोपामा चुनाव चिन्ह आँखा र झन्डा पनि आँखा अंकित राखिएको छ ।
सकारात्मक सोचबाट अभिप्रेरित भएर परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने घोषणा प्रगतिशील पार्टीको प्रतिबद्धता छ । नेता-कार्यकर्ताले कुनै पनि किसिमको विभेद र अमानवीय कार्यमा संलग्न नहुने पनि उक्त पार्टीको प्रतिबद्धता छ।
१५१ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)






