डोटी । दिपायलबाट आदर्श गाउँपालिका–४ गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
सुपप्र. ०२–००१ च ११३५ नम्बरको बोलेरो आदर्श गाउँपालिका–४ ल्वारेगडामा बेलुकी करिब ७ बजे कच्ची सडकमा अनियन्त्रित भई करिब सय मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनापछि तुरुन्तै उद्धार कार्य प्रारम्भ गरिएको छ ।
प्रहरी निरीक्षक पदम राज पन्तको कमान्डमा खटिएको नौ सदस्यीय टोलीले स्थानीयको सहयोगमा सबै घाइतेलाई निकालेर उपचारका लागि काँणीस्याउलेस्थित जिडी पोलिक्लिनिक पुर्याएको छ ।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको जनाएको छ । अनियन्त्रित जिप खसेको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।