Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा निर्वाचनका लागि ११४ दल दर्ता, दुईवटा प्रक्रियामा

प्रतिनिधिसभा निर्वाचनका लागि ११४ दल दर्ता, दुईवटा प्रक्रियामा

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले तीव्र गतिमा दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार आइतबार साँझ ५ बजेसम्म ११४ दल दर्ता भइसकेका छन् भने थप दुई दल दर्ता प्रक्रियामा रहेका छन् ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञ भट्टराईले दर्ता प्रक्रियाको अन्तिम घडीमा दलहरूको चाप बढेको जानकारी दिए।

आयोगले चार दिनको म्याद थपेको थियो, जसले गर्दा नयाँ तथा पुराना दलहरू दर्ताका लागि सक्रिय देखिएका छन्।

अब आयोगले दर्ता भएका दलहरूको कागजात, वैधानिकता र आवश्यक योग्यता सम्बन्धी छानबिन गर्नेछ। यस प्रक्रियापछि मंसिर २० गते दलहरूको अन्तिम सूची सार्वजनिक गरिने आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077